चीतवनका किसानको पीडा : लागेन भारतीय वर्णशंकर गरिमा जातको धानमा बाला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय वर्णशंकर गरिमा जातको धान लगाउने चितवनका किसानहरुको विजोग भएको छ । धान पाक्ने पेलासम्म पनि धान नपसाएपछि चितवनका किसानहरुले खेतमै धान जोत्न शुरु गरेका छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा वाला नलागेपछि किसानहरुले वाध्य भएर धानको घास जोत्न वाध्य भएको किसानले बताए ।

यतिवेला अन्य धान लगाउने किसानले धमाधम धान भित्र्याउन शुरु गरिसकेका छन् । तर गरिमा लगाउनेहरुको यसवर्ष भकारी रित्तै हुने भएको छ । चितवनमा कति क्षेत्रफलमा गरिमा लगाईएको छ सो भने यकिन छैन । यद्यपी विगौ विगाहा खेतमा गरिमा लगाईएको किसानरुरुको दावी छ । केही समय पहिले विज्ञहरुले निरीक्षण गरी धानको वाला लाग्ने दावी गरेतापनि पाक्ने वेलामा समेत वाला नलागेपछि किसानहरु झन् ठूलो चिन्तामा छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *