चिसो सुरु भएपछि जाडो छल्न बेसी झर्दै बागलुङको ढोरपाटनवासी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङको ढोरपाटन क्षेत्रमा चिसो वढ्न थाले पछि स्थानिय जाडो छल्न वेसी झर्न थालेका छनु । उपल्लो भाकमा जाडो बढ्न् थालेपछि दसैं र तिहार लगाएतका चार्ड मनाउन उनिहरु पशुचौपाया सहित वेसीको घर झर्न थालेका हुन ।

ढोरपाटन शिकार आरक्षण क्षेत्रमा मंसिर, पुस र माघमा अत्याधिक चिसो वढुने र भारी हिमपात हुने भएकोले जाडो छल्नका लागी बेसी झर्नेको ठूलो भीड लागेको छ ।हिउँदमा हिउपात हुने जाडो निकै बढ्ने भएकाले जाडो छल्नका लागि बेसीतिर बस्तु भाउसँगै झर्ने गर्दछन् । पशुको लागी चरन प्रसस्त हुने भएकोले लेकमा गोठ लाने उनिहरु चिसो वढेपछि भेडा, भाख्रा , खच्चड र गाईगोरु लिएर वेसी झर्ने चलन छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर ६ ,७ ८ र ९ का स्थानिय गर्मिमौषमा ढोरपाटन उपत्यको क्षेत्रमा गोठ सार्ने चलन छ । चिसो वढेकोले वस्तुभाउ चराउन समस्या हुने गरेकोले वेसी झरेको स्थानिय वताउछन् । लेकमा आलु खेती गर्ने र पशुचौपाया पालेर वस्ने र चिसो वढेपछि ६ महिनाको लागी वेसी झर्ने स्थानिय वताछन् ।

प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ । हिँउदको मङ्सिर, पुस र माघमा चिसोका लागि फुर्सद निकालेर बेसी झर्ने उपल्लो भेगका ढोरपाटनवासी असोज महिना भित्र वारीमा लगाएतको आलु खेती खनेर कात्तिक महिना भित्रै हिँउदेबालीका रुपमा रोपिने गहुँ, जौ, उवा लगायतका अन्नबालीहरु लगाइसक्ने गर्छन् । पुर्खाहरुले लेक र वेसीमा खेती गर्ने गरेको कारण आफुहरु पनि लेख र वेसी गर्ने चलन रहेको स्थानिय अगुवा दिल वहादुर विकले वताए । दुई तिर खेतीपाती गर्ने गरेको कारण लेक र वेसी गर्ने गरेको वताए ।

चिसो बढ्न थालेसँगै सिजनको अन्तमा हुने अत्यधिक चिसो र हिमपातको सिजन भएकोले यहाँका मानिसहरु जाडो छल्न वेसी झर्ने गर्छन् । अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेकोले मानिसहरुको चहलपहल घटेको छ । माथिल्ला भेगमा रहेका खर्कहरुबाट घरपालुवा पशुचौपाया तल्लो भेगहरूमा सार्ने तयारीमा किसानहरु जुटेका हुनु । माथिल्लो भेगहरुमा हिउँ परेर घाँस पूरै हिउँले पुर्ने भएकोले माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरु घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटेका हुन ।

यस क्षेत्रका किसानहरुको माथिल्लो भेग र तल्लो भेगमा गरी २ गोठ रहेका हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु भेडाबाख्रा, गाई भैसी घोडा खच्चड ढोरपाटनको तल्लो भेगमा रहेको वोवाङ सार्ने गर्दछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *