चिलिमे जलविद्युतको बोनस पारित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताउनु भयो । उहाँले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने समेत बताउनु भयो ।

घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधिन आयोजनाहरुको निर्माणकार्य ५० देखि ८५ प्रतिशत सम्म सम्पन्न भएको जानकारी समेत गराउनु भएको छ । चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *