चिनियाँ राष्ट्रपति आउनुपूर्व एयर चाइनाको बोइङले गर्‍यो परीक्षण उडान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिङ पीङको नेपाल भ्रमणका लागि एयर चाइनाको बोइङ ७४७/८०० सिरीजको जहाजले परीक्षण उडान गरेको छ।

बुधवार गरिएको परीक्षण उडानमा जहाजको चालकदलको सहभागिता रहेको विमानस्थलले जनाएको छ।
जहाजले आज दिउँसो परीक्षण उडान अन्तर्गत दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। आज विमानस्थल परिसरभित्रको अवस्था निरीक्षण गरेर फर्केका छन्, विमानस्थलका एक उच्च पदाधिकारीले भने।

विमानस्थलका अनुसार दिउँसो १:३० बजे आएको जहाजले दिउँसो ३:१० बजे पुनस् चीन फर्केको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणपूर्व कूटनीतिक नियोगका तर्फबाट पटकपटक सुरक्षा जाँच हुने गर्छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *