चिनियाँ गाडीले नेपालसम्म नै सामान ल्याउन थाल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिनियाँ मालवाहक गाडीले आइतबार देखि नेपालसम्म नै सामान ल्याउन थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् ।

कोभिड–१९ का कारण यसअघि चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड–अनलोड गर्न झन्झट हुने, लामो समय लाग्ने र सामान पनि कम आयात हुँदै आएको थियो ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार आइतबार पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर अनलोड गरेका छन् । यसले सामान आयातमा वृद्धि हुने आशा गरिएको छ । यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आइतबार पाँच वटा आएको हो । अब निरन्तर रूपमा आयात बढ्ने उनको भनाइ छ ।

त्यसैगरी रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सातरसात दिनमा पीसीआर परीक्षण गर्नेछ ।

नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन् । सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । नेपालले प्रत्येक हप्ता जाँच गर्न नसकिने बताएपछि चीन आफैले परीक्षण गर्न थालेको हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामान, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *