चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ काठमाडौँमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ काठमान्डौ आइपुगेका छन्।

उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा नेपाल आएका हुन। काठमाडौंमा आजै सोमबार बाट सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि सोङ नेपाल आएको बुझिएको छ ।

मध्यान्ह १२.२५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका विदेशविभाग प्रमुख सोङलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन्। सो अवसरमा चिनिया राजदूत यान्छी पनि सहभागी थिइन्।

साँझ ५ बजे सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया सुरु हुने विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने बताइएको छ। कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन्।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *