चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बनेकी छिन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो फड्को मार्ने अपेक्षा गरेको बताए।

भट्टराईले फेसबुकमा पोस्ट गर्दै भनेका छन्,‘सामाजिक संजाल विबोमा करिब १ करोड ६० लाख मानिसहरुले फछ्याएकी, हलीउड लगायत अन्तरास्ट्रिय मंचहरुमा बिशेषरुपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सेलिब्रेटी सी छिङलाई आज भ्रमण बर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उहाँको भ्लगलाई भने १ अर्ब १३ करोड्ले हेरेको देखिन्छ।’

अभिनेत्री छिङले भने कार्यक्रममा बुद्ध जन्मेको देशको सद्भावना दूत हुन पाउँदा खुशी भएको बताएकी थिइन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *