चितवमा गैंडा गणना हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन – दुर्लभ एक सिंगे गैंडाको गणना यही चैत १ गतेबाट सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका सूचना अधिकारी बिष्णु प्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि वढाईएको छ । फागुनको अन्तिम साता प्राबिधिक कर्मचारीहरुलाई तालिम दिएर चैत १ गतेबाट गणना गर्न लागिएको हो ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैंडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिनुभयो । नेपालका चारवटा निकुञ्जमा गैंडा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि ३५ वटा हात्ती र ६० जना प्राबिधिक जनशक्ति परिचालन गरिदै छ । प्रत्यक्ष रुपमा गणना गरिदैं छ । २० दिनमा गणना गरिसक्ने योजना रहेको छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । श्रेष्ठका अनुसार निकुञ्जलाई बिभिन्न भागमा छुट्याएर गणना गरिदैं छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ ।
वन मन्त्री, सचिब लगाएतका उच्च अधिकारीहरुको उपस्थितिमा गणना शुभारम्भ गर्ने बिभागको तयारी रहेको छ ।

बिगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । उहाँका अनुसार गैंडा गणनाका लागि बिभागले रु १ करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ । बाढिले गैंडा बगाए पछि गत वर्षनै गैंडाको संख्या पत्तालगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुन सक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट बिनियोजन गरेको थियो ।

हरेक पाँच पाँच वर्षमा गैंडा गणना गरिदै आएकोछ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिवेला ६ सय ४५ गैंडा रहेको तथ्याङ्क सार्बजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *