चितवन जिल्ला अदालत द्वारा रवि लामिछानेलाई सफाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाई दिएको छ । रविका सहयोगी दिपक बोहोराले दिएको जानकारी अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई सफाई दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्‍ने भन्दै सफाई दिएको हो ।

पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *