चितवनमा बुधबार पनी मृत गैंडा फेला,६ दिनमा पाँच गैंडा मरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार पनि एउटा गैंडा मृत भेटिएको छ । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको भेलौजी नारायणी नदीमा बुधबार दिउँसो एउटा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।निकुञ्ज आसपासको क्षेत्रमा शुक्रबारयता मृत भेटिएको यो पाँचौं गैंडा हो ।

‘बुधबार दिउँसो तीन बजेतिर नदीमै डुबेको अवस्थामा गैंडा मृत भेटिएको हो । पोष्टमार्टमा गर्न बाँकी छ । खाग खुर सुरक्षित नै छ । नदीमा बगेका कारण मृत्यु भएको अनुमान छ,’ सूचना अधिकारी अशोक रामले भने । यसअघि सोमबार एकै दिन चितवन र यस आसपासमा दुईवटा गैंडा मृत फेला परेका थिए । सोमबार दिउँसो सौराहामा र बिहान पख नारायणी नदीमा बगेर भारत पुगेको गैंडा मृत भेटिएको थियो ।

नारायणी नदीमा बगेको एउटा गैंडा शनिबार पनि त्रिवेणीमा मृत फेला परेको थियो । चितवन निकुञ्जमा शुक्रबार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलोमिटर दक्षिणमा निकुञ्जभित्र मृत गैंडा फेला परेको थियो । यो आर्थिक वर्ष सुरु भएयता साउनदेखि असोज २१ सम्म ८ वटा गैंडा मृत भेटिएको चितवन निकुञ्ज कार्यालयले जानकारी गराएको छ ।

निकुञ्जभित्र गएको भदौ २१ गते पनि एउटा गैंडा मृत भेटिएको थियो । भदौ १६ गते गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोलीले पाँच दिनपछि बाँदरझुला टापुको घोलामा मृत गैंडा फेला पारेको थियो । त्यसको पनि खाग खुर सुरक्षित थियो । तर टाउँमा गोली लागेको घाउ भेटिएको थियो । टाउकोमा गोलीको घाउ भए पनि गोली भने फेला परेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *