चितवनको रोयल फर्निचरमा भीषण आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शनिबार बिहान भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल वुड पार्केट इन्डष्ट्रीजमा आगलागि भएको छ ।

बिहान ४ः३० बजेबाट लागेको हो । आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनालगायतको दमकलले प्रयास गरेपनि आगो नियन्त्रण बाहिर गएको छ । ७ वटा दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । साथै आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासील जुटेका छन् ।

आगलागीबाट मानवीय क्षति तथा चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन् ।उक्त फर्निचर उद्योग व्यवसायी जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *