चितवनको राप्ती नगरपालिकामा अटो दुर्घटना , ५ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा आज साँझ अटो दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर ४ चेपाङ् मार्गबाट भण्डारा तर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्वरको अटो राप्ती ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिएको थियो ।

अटो पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षिय श्यामप्रसाद तिवरी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक जना २६ वर्षिय पुरुषको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईते भई उपचारका लागि ल्याईएका मध्ये ३ जनाको पुरानो मेडीकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *