चितवनको माडी स्थित अयोध्यामका बिषयमा बिस्तृत अध्यक्ष र अनुसन्धान आवश्यक :पुष्पकमल दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडी अयोध्यामका बिषयमा बिस्तृत अध्यक्ष र अनुसन्धान गरि प्रमाणित गर्नुपर्ने बताएकाछन् । अयोध्याधाम भनि प्रचारप्रसार भइरहेको स्थानको आज अबलोकन गर्दै अनुसन्धानबाट रामको जन्मभुमि भन्ने प्रमाणित भए सबैभन्दा बढि आफु खुशि हुने उनले बताए ।

अनुसन्धानबाट प्रमाणित हुदा चितवनका लागि मात्रै नभई सङो राष्टकै लागि ठूलो बिषय हुने प्रचन्डको भनाइ थियो। उनँले प्रधानमन्त्री केपी ओलीप्रति संकेत गर्दै प्रमाणबिना बोलेर राजनीतिक हिसावले प्रचारबाजी गरेर खेलवाड गर्न नहुने बताए ।

रामको जन्मभूमि प्रमाणित भएमा आफु पुर्ण रुपमा यस स्थानको बिकासका लागि सहयोग गर्ने प्रतिवद्दता समेत जनाए । सोहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष प्रचण्डले आफुमार्फत गरिएका आधा दर्जन बढि बिकास परियोजनाको अवलोकन गरेका थिए । प्रचन्डको निर्वाचन क्षेत्र मध्ये माडिका बिभिन्न खोलामा मात्रै ९ बटा पुलहरु निर्माणको क्रममा रहेका छन् भने कैयन सडकहरु कालोपत्रे र स्तरउन्नति भईरहेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *