चितवनको इच्छाकामना ५ खहरे पुलनजिक दुई ट्रक जुधे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चितवनको इच्छाकामना वडा नम्बर ५ खहरे पुलनजिक दुई वटा ट्रक जुधेका छन् । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएका मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

दुवै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *