चाडपर्व नजिकिएपछि बागलुङमा रेमिटान्स कारोबार बढ्यो

कोरोना भाइरसका कारण केही महिना ठप्प रहेको रेमिटान्सको काम कारोवार नेपालीहरूको महान चाडपर्व नजिकिए संगै बढेर गएको छ । रोजगारका लागि बिदेश गएका युवाहरूले यतिबेला पैसा पठाउन थालेपछि बैंक तथा बित्तिय संस्था र मनिट्रासफरमा सेवाग्राहीको भिड लाग्न थालेको छ ।
रेमिट्यान्स सबैभन्दा बढी भित्¥याउने बागलुङ जिल्लामा यतिबेला आर्थिक कारोवार ह्वात्तै बढेर गएको छ । दैनिक करिव ६ करोड रेमिट्यान्स भित्रीदै आएको बागलुङमा यतिबेला बिश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीको प्रभावलाई चिर्दै बिदेश बाट रेमिट्यान्स आईरहेको छ ।
केही महिनाअघि देशभित्र मात्रै सिमित रूपमा कारोवार हुने रेमिटान्स यतिबेला फेरि पहिलाको तुलनामा दैनिक रूपमा आउन थालेको ग्लोवल आइ एममी बैंकका शाखा प्रबन्धक हेमराज शर्माले बताए ।
बागलुङ जिल्लाबाट वैदेशिक रोजगारको लागि जापान, कोरिया, अमेरिका, स्पेन,पोर्चुगल , क्यानडा , मलेसिया, इटली, कतार ,लगायतका देशमा गएका हजारौं युवाहरूले यतिबेला कोरोनाको महामारीको कारण काम प्रभावित भइ पुन काम फर्किएपछि रकम पठाउन शुरूवात भए पछि पैसा पठाउन थालेका छन् ।
बागलुङ जिल्ला बाट ५० हजार भन्दा बढी युवाहरू रोजगारको लागि बिदेशीएका छन् । बागलुङमा देशको ७७ जिल्ला मध्य रेमिट्यान्स बढी भित्रीने जिल्लामा पर्छ । अहिले कोरोना भाइरसको प्रभाव रोजगारीको लागि बिदेशमा गएका ब्यक्तिले यतिबेला रकम पठाउन थालेपछि रेमिटेन्स बढेको नेपाल बंगलादेश बैंकका शाखा प्रबन्धक बिकास पौडेलले बताए ।
बैंक तथा बित्तिय संस्थाबाट समेत राम्रो कारोवार हुदै आएको रेमिटान्स ब्यबसाय बिश्वमा देखिएको कोरोना भाइरस कै कारणले युवाहरूले आफुले परिश्रम गरेको रकम समेत यतिबेला सहजरूपमा पठाउन थालेपछि रेमिट्यान्सको कारोवार बढी भएको सेन्चुरी बैंकका शाखा प्रबन्धक दीपक शर्मा ले बताए ।
छिमेकी मुलुक चीन बाट शुरू भएको कोरोना भाइरस कोभिड १९ यतिबेला नेपालको ७७ जिल्लामा प्रत्यक्ष प्रभाव परेको छ । जिल्लामा भित्रीदै आएको करोडौं रेमिटान्स ठप्प हुदा त्यसले आर्थिक संकट पार्दै आएको थियोे ।बिदेशमा गएका युवाहरूले रकम पठाउन थाले पछि त्यहीँ रेमिटेन्स बाट दैनिक चलाउदै आएका परिवारलाई यसपालि दशै तिहार मनाउन सहज हुने भएको छ । बागलुङ सदरमुकाममा रहेका चार दर्जनभन्दा बढी बैंक तथा बित्तिय संघसंस्था र मनि ट्रान्सफरहरूले रेमिट्यान्सको कारोवार गर्दै आएका छन् ।