चर्चको भवन भँत्किदा २२ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चर्च रहेको भवन भँत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।भत्किएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो ।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *