चन्द्र ढकालद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने भएका छन ।

बुधबार काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले देशमा औद्योगीक वातावरण निर्माण, विदेशी लगानी भित्र्याउन र निजी क्षेत्रको व्यवसायीक हकहित स्थापित गर्ने आफ्ना मुल एजेण्डा रहेको बताए ।

निजी क्षेत्रलाई तिब्र आर्थिक विकास र सुशासन सहितको उत्तरदायी राज्य व्यवस्थाको सहयोगी बनाउन भुमिका खेल्ने उनको भनाई छ ।

उनले उद्योग स्थापनादेखि खारेजीका कार्यमा रहेको झण्झटिलो प्रकृयालाई अन्त्य गर्नु पर्ने समेत बताए । आगामी चैत २८ र २९ राजधानीमा हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *