चन्द्रागिरीमा हिउ खेल्नजाने पर्यटक खचाखच

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

उपत्यका आसपासका पहाडहरुमा शनिबार हिउँ परेको छ । हिउँ परेपछि पर्यटकीय स्थल चन्द्रागिरीमा हिउँ खेल्न युवायुतीहरु पुगेका छन् ।

पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँपरेको छ । चन्द्रगिरी डाँडामा हिउँ परेपछि त्यहाँ हिउँ खेल्न जानेको संखया बढेको छ । स्वदेशी र विदेशी पर्यटकहरुले खचाखच भरिएको चन्द्रागिरीमा हिउँ खेल्न युवायुवती मात्रै होइन बालबालिकाहरुको समेत भीड थियो । चन्द्रागिरीमा हिउँ खेल्न पुग्नुभएका साङहाङ लावती विदाको दिन रिफ्रेसमेण्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताउँछन् । तीन पटक चन्द्रागिरी पुगेको बताउने लावती पहिले भन्दा आज निकै भीड बढेको बताउँछन् ।

हिउँ खेल्न नै चन्द्रगिरी पुग्नुभएका एञ्जल राईले चन्द्रागिरीको वातावरण एकदमै राम्रो रहेको प्रतिकृया दिए । मान्छेहरुको ठूलो भीड हुने ठाउँमा पनि व्यवस्थित वातावरण र सफा सुग्घर ठाउँले धेरैलाई आकर्षित गर्ने उनको भनाई छ । फर्किने समय केही ढिला भएको र जसका कारण उपत्यकामै टाढा बस्नेहरुलाई गाह्रो हुने गरेको उनले गुनासो समेत गरेका थिए ।

स्वदेशी मात्रै होइन् विदेशी पर्यटकहरु पनि शनिबार चन्द्रागिरीमा भेटिएका छन् । हिउँ खेल्न परिवारसहित त्यहाँ पुगेका एक विदेशी पर्यटक भन्छन, ‘धेरै मान्छेहरु आउने रहेछन् । पारिवारिक वातावरण छ । बच्चाहरुका लागि प्रशस्त खेल्ने ठाउँ छ । धार्मिक पर्यटनका लागि पनि उपयुक्त ठाउँ रहेछ । यहाँ आएर आज हामीले पहिलो पटक ‘स्किङ’ ग¥यौँ ।’

चन्द्रागिरीमा हिउँ परेपछि करिब ५ हजार भन्दा बढीको संख्यामा हिउँ खेल्न चन्द्रागिरि पुगेको हिल्सका म्यानेजर अभिषेक विक्रम शाहले बताए । उनले चन्द्रागिरी जानेहरुको संख्या बढेसँगै सुरक्षामा विशेष ध्यान दिइएको बताए । शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फुलचोकी र शिवपुरी लगायतका डाडामा हिउँ परेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *