चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्यटकिए क्षेत्र चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्ने भएको छ। प्रतिकित्ता १ सय रुपैयाँका दरले कम्पनीले सेयर निश्कासन गर्न लागेको हो।

सो सेयर निश्कासनका लागि बिक्री प्रवन्धकका रुपमा नागरिक लगानी कोषले जिम्मा दिईएको छ।कुल १८ करोड, ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभुत गर्नेगरी हिल्स र कोषबीच सम्झौता भएको हो।उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले आइतबार हस्ताक्षर गरेकाछन् ।

कम्पनीले अब सेयर निश्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति माग्नेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि सर्वसाधारणलाई सेयर जारी हुनेछ।चन्द्रागिरि हिल्स कम्पनीले विसं २०७३ देखि केबलकार सञ्चालन गर्दै आएको छ। केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन्। चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेकाछन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *