चन्द्रागिरि नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनामा जुट्दै अध्यक्ष खड्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चन्द्रागिरि नगरपालिकाले संचालन गरेको आइसोलेसनमा अक्सीजन प्लान्ट राख्ने तयारी सुरु गरेको छ । प्लान्ट स्थानपनाकालागी सहयोगकालागी आइसोलेशन ब्यव्थापन समिति संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खडकाले अपिल गरेकाछन्।

कोरोना संक्रमणकाबेला उत्कृष्ट कार्यगरि जनजनको वाहवाही बटुल्न सफल भएका खड्काले आफ्नो हौसलामा स्थानीयको सहयोगी भावना र स्थानीय निकायले नै जनताकालागी केहि गरेर देखाउने समय यही हो भन्दै देशभर चरम अभाव देखिएको अक्सिजनकालागी नगरपालीका भित्रै प्लान्ट स्थापनामा जुटेकाछन् ।

आफ्नो नगरपालीकामा मात्र अक्सिजनको अभाव नभई देशभर अभाव भएको र अक्सिजनकै अभावले मानीसहरुको ज्यान जान थालेपछि प्लान्ट स्थापनामा लाग्नुपरेको उनले जानकारी दिएकाछन । यस कार्यका स्थानीय र सुभचिन्तकहरुको पूर्ण सहयोग र सर्मथन रहनेमा पनी उनी निश्चीन्त रहेकाछन र सहयोगकालागी अपील समेत गरेकाछन् ।उनको यो कार्यको पनी सराहना गर्दै सहयोगीहाथहरु जट्न सुरु भएको र केहि रकम समत संकलन भएको जानकारी दिएकाछन् ।कोभिड -१९ को महामारिले अक्सिजनको अभाबका कारण दिनानुदिना मृत्युदर बढदै गयकोमा दु स्ख ब्यक्त गर्दै खडकाले करिब ६९ लाख बराबरको अक्सिजन प्लान्ट निर्माण गरिने बतायका हुन ।

उनले यस पबित्र कार्यका लागि यथासक्दो सहयोग गर्न अपिल गरेका छन । १५ देखि २० दिन भित्र प्लाल्ट राख्नेगरि काम अगाडि बढाइयको खडकाले जानकारि दिए ।आर्थिक सहयोगका लागि महालक्ष्मि बिकास बैक लिमिटेडमा मातातिर्थ सामुदायिक अस्पताल निर्माणको खाता नम्वर ०३३००१००४२१६८००००००१ मा सहयोग रकम जम्मा गर्न अनुरोध समेत गरेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *