चन्द्रागिरिमा ४ जनामा कोरोना, वडा अध्यक्ष भन्छन्– ‘धन्न क्वारेन्टाइनमा राखिएछ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं. ८ को क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण देखिएको छ ।

स्थानीय चप्पल फ्याक्ट्रीमा काम गर्न दाङ, सिन्धुली, अर्घाखाँची र काभे्रबाट असार ५ गते आएका ३१, ५३, ४२ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । शुक्रबार आएको परीक्षण रिपोर्टमा चारै जनामा संक्रमण पुष्टि भएको वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएपछि चारै जनालाई बलम्वुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलशेनमा लगिएको छ । बाहिरी जिल्लाबाट वडा प्रवेश गरेकाहरुलाई जेठ ३१ गतेबाट वडाको क्वारेन्टाइनमा राख्न थालिएको वडा अध्यक्ष खड्काले बताउनु भयो ।

वडाको क्वारेन्टाइनमा राखिएका मध्ये असार १२ गते ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई भने घर पठाइएको थियो । ६ जना मध्ये शुक्रबार चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना विरुद्धको अभियानमा वडा कार्यालयले सञ्चालन गरेको विविध गतिविधि मध्ये संमाजमा संक्रमण फैलन नदिने क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी भएको, स्वास्थ्य र प्राविधिक हिसाबले उपयुक्त स्थानमा क्वारेन्टाइन राखिएको विज्ञहरुले बताएका छन् ।

बाहिरी जिल्लाबाट वडामा प्रवेश गर्ने जो कोही वडाको समन्वयमा १४ दिन क्वारेन्टाइन बस्नैपर्ने र परीक्षण रिपोर्ट आएपछि मात्र अन्य निर्णय लिइने खड्काले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य सामग्रीको अभावका बाबजुद पनि क्वारेन्टनलाई निरन्तरता दिइने र बाहिरी जिल्लाबाट वडा प्रवेश गर्नेलाई वडाको समन्वय विना पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको पनि खड्काले बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *