चट्याङले लागेर ६ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुरको साल्पासिलिछो गाउँपालिका– २ ताम्लुङमा चट्याङले लागेर ६ जना घाइते भएका छन् ।
सोमबार राती परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जय बहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाई छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्द बहादुर राईकी १६ वर्षीय छोरी इन्दीरा खत्री र २२ वर्षीय कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते अधिकांशले कान नसुन्ने तथा शरिरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाई छ । चट्याङले चौपायाहरु मरेका छन् भने विद्युत गृहसैग विद्युतिय सामग्रीहरुमा समेत क्षति पुगेको छ ।।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *