चट्याङमा परेर दाङमा तीन जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चट्याङमा परेर दाङमा तीन जनाको मृत्यु भएको छ । शनिवार दिउसो करिब १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरमा गिता चौधरीको घरमा चट्याङ पर्दा उनको ७ बर्षीया छोरी सृष्टी चौधरी र सोही ठाउँ निवासी ५४ बर्षका लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङमा परि घाईते भएका दुबै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

शनिवार नै दिउसो करिब साढे १ बजेको समयमा दाङको घोराही उपमहानगरपालिका ११ हापुर बस्ने सुर्य बहादुर पुरीको छोरा बर्ष ८ को तारा बहादुर देब पुरी आफ्नै घरको आगनमा खेलीरहेको अबस्थामा चट्याङ पर्दा घाईते भएको र उपचारकोलागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *