घुस लिएको पुष्टिभएपछि जनकपुरधाम वडा नम्बर–१३ का वडाध्यक्ष निलम्बन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएपछि उनको पद स्वतः निलम्बन हुने कानूनी प्रावधान रहेको छ ।

वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियार विरुद्ध मुद्दा दायर भएको हो । गत असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो ।

कार्यालय सहयोगी पञ्जियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारीस आफुले नै गर्ने भन्दै उनीसँग घुस रकम लिएका थिए ।अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी घुस लिएको तथ्य प्रमाण सहित पुष्टि भएकोले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९क० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *