घुस काण्डमा श्रीमती जोडिएपछि मन्त्री भट्टराईले दिए प्रतिक्रिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईकी श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएको छ । नर्सिङ काउन्सिलमा रजिष्टार रहेकी भट्टराई श्रीमती विन्दाको समुहले विद्यार्थीसँग लाइसेन्समा पास गराइदिने भन्दै घुस संकलन गरेको फेसबुक च्याट बाहिरिएको थियो । उनले नर्सिङ लाइसेन्स पास गराइदिने भन्दै घुस संकलन गरेको आरोप लागेको छ ।

त्यसपछि मन्त्री भट्टराईले षड्यन्त्र र खुराफातप्रति हामी सचेत रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा मार्फत जानकारी दिँदै कुनै गल्ती नगरेको सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै उनले केही व्यक्तिले गरेको खुराफातिमा सचेत भएको समेत बताएका छन् । उनले आफ्नो शुभचिन्तकहरुलाई भ्रममा नपर्न भन्दै चिन्ता नगर्न भनेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडिया तथा सामाजीक सञ्जालमा भाईरल बन्दै गएको छ । तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् । नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी जिता बरालले उक्त कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी हुन् र त्यसमा घिमिरेको नाम जोडकी छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *