घर नजिकै शारीरिक सम्पर्क गरिरहेका बेला दाजुले बहिनीलाई देखे…!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको हत्या गरेका छन् । पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा हत्या गरेको रहस्य खुलेको हो । यमकुमारले अन्य साथीको समेत सहयोगमा अविनाशको हत्या ग रेपछि खाल्डो खनेर शव पुरेका थिए ।

मृतक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पटियानी नजिकै खोला किनारमा अविनाशको श व सडेको अवस्थामा फेला पारेपछि घटनाको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न यमकुमारसँगै उनका साथीहरु दीपेन्द्र महतो, वनोद महतो र विजय महतोलाई पनि पक्राउ गरेको छ । यमकुमारकी बहिनी र मृ तक अविनाशबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूहरु रातिको समयमा घर नजिकै शारीरिक सम्पर्क गरिरहेका बेला दाजुले देखेपछि कुटेर अविनाशको अत्या भएको बयान युवतीले दिएकी छन् ।

साथीहरु धन बहादुर महतो, सुकराम महतो र अविनाश गरी ४ जना नयाँ पटिहानी चोकको ग्रिन चिल्ली रेस्टुरेन्टमा बसेर २ वटा बियर र १ प्लेट सुकुटी खाए । खाइसकेर सुकराम र अविनाश पर्साढापस्थित घर जाने भन्दै हिँडे । चिसोका कारण डम्म हुस्सु लागिसकेको थियो ।

अलि पर पुगेपछि सुकरामले अविनाशलाई देखेनन् । पछाडि आउँदै होला, हुस्सुले नदेखिएको होला भन्ठाने । त्यति चासो गरेनन् । सरासर आफ्नो घर गए र खाना खाएर सुते । तर अविनाश भने पुरानो पटियानीतिर लागिसकेका थिए ।

साँझ करिब ७ः४२ बजे पटियानी पुगेका अविनाशले लगातार ४ पटक यमकुमारको बहिनीलाई फोन गरे । अन्तिममा यमकुमारको बहिनीको फोन उठ्यो । फोनको क्रममा म हिजो तिमीलाई भेट्ने आशामा राती तिम्रै घरमा बसें । तर, तिमीसँग भेट भएन । आज म तिम्रै घर नजिकै छु जसरी नि भेट्न आउ भने ।

राति करिब ९ बजेतिर यमकुमारको बहिनी पिसाब फेर्ने बहानामा बाहिर निस्किइन् । अविनाशलाई घरको पछाडी उभिएका देखेर उनी सिधै त्यहाँ पुगिन् ।

अविनाशले उनलाई हातमा समातेर नजिकै पराल राखेको ठाउँमा लगे । लगत्तै शा’रीरिक सम्पर्क गर्न खोजे । खासखुस गरेको आवाज केटीको दाइ दीपेन्द्रले थाहा पाए ।

नयाँ बन्दै गरेको घर थियो । झ्याल थिएन । दीपेन्द्रले उनीहरुलाई देखे । दीपेन्द्र एक्कासी त्यहाँ पुगेर अविनाशलाई समातेर कुटपिट गर्न थाले ।

कुटपिट गरेको खबर गाउँभरी फैलियो । अनि यमकुमार, विनोद, विजय पनि पुगे र सबै मिलेर निर्घात कुटपिट गरे । कुटपिटकै क्रममा अविनाशको निधन भयो ।ताजा खबर

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *