घरमै पालेको कुकुरले खायो बालकको लिंग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिकोटमा आफ्नै घरमा पालेको कुकुरले बच्चाको पुरै लिंग खाईदिएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा आफ्नै घरमा पालेको कुकुरले ३ महिने बालक अनिवास दर्जीको लिंग खाईदिएको हो ।

कुकुरको टोकाईबाट नावालक दर्जीको लिंग क्षतविक्षत बनेको छ । घरमा कोही नभएको बेला आफ्नै घरमा पालेको कुकुरले बालकलाई खेलाई खेलाई लिंग खाईदिएर सक्त घाइते बनाएको छ । बालकको अवस्था गम्भीर छ । गाँउमा उपचार नहुँने भनेपछि उनको थप उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

गाँउमा आर्थिक हिसावले विपन्न घरपरिवारमा जन्मिएका अविनास दर्जीको उपचारमा समस्या भएको छ । अव के गर्ने, कसरी उपचार गर्ने, म मेरो सन्तानलाई बचाउन चाहान्छु बालककी आमा संगिताले बताएन् । छोराको उपचारका लागि सहयोग गरिदिन सवैलाई अपिल गरेकी छन् । बालक अविनास दर्जिको अवस्था भने दयनिय छ । कल्पना नगरेको घटना घट्यो,आफ्नै घरमा पालेको कुकुरले छोराको यो हालत बनाउला भन्ने कल्पनामा पनि नभएको बालककी आमा संगिताले बताइन् ।

हामी सवै कामकाजका लागि बाहिर गएको बालकी आमा संगिताले बताइन् । जिल्ला अस्पतालमा उपचार नहुने भनेर डाक्टरहरुले रिफर गरिदिएको बताईन् ।बालकको उपचार खर्चका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने रास्कोट नगरपालिकाले बताएको छ । अहिले जसरी पनि बालक अनिवास दर्जीको ज्यान जागाउनु मुख्य कुरा हो । हामी सबैले सहयोग गर्नु आबश्यक छ । नगरपालिकाबाट पनि सहयोग गर्छौ । अन्य सरोकारवालाहरुलाई पनि सहयोग गर्नका लागि अनुरोध गर्ने रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बराल ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *