घरमा आगलागी हुँदा आमा र ६ छोरा–छोरीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी, अमेरिकाको मिसिसिपीमा रहेको एक घरमा आगलागी हुँदा सातजनाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र उनका ६ जना छोरा–छोरी रहेका छन् ।

आगलागीको कारण भने थाहा हुन सकेको छैन । यद्यपि, विद्युत् सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ ।

सबै परिवार घरमै रहेको बेला भएको आगलागीबाट महिलाका श्रीमान् भने बाँच्न सफल भएका छन् । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि वारुणयन्त्रलाई ४० मिनेटको समय लागेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *