घरबेटीको कुटाइबाट मृत्यु प्रकरण: दोषीलाई कडा कारवाही माग गर्दै राष्ट्रपतिलाई ज्ञापन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कीर्तिपुरमा घरबेटीको कुटाइबाट मृत्यु भएका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीका आफन्तले दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार शितल निवास पुगी मृतकका आफन्तहरुले डेरा छोडेर जान खोज्दा अन्धाधुन्द कुटपीट गरेर चौधरीलाई मारेको भन्दै घटनाको सत्यतथ्य पता लगाई दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन् । तीन महिनाको भाडा अग्रीम दिदा पनि घर छोडन दवाव दिएको र कोठा सर्नका लागि सामान निकाल्दा कुटपिट भएको मृतकका आफन्त बिनोद चौधरीले जानकारी दिए । दोषीलाई कानुन अनुसार कारवाही हुनुपर्ने, मृतकका तीन बालबालिका रहेको भन्दै बालबालिकाको जिम्मा राष्ट्रले लिनुपर्ने उनले बताए ।

आफुहरुले न्याय नपाए शसक्त आन्दोलन गर्ने मृतकका आफन्तहरुले चेतावनी दिएका छन् । कीर्तिपुर नगरपालिका ७ भाजगल बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए । त्यसपछि घाइते भएका उनको उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *