ग्लो साईन बोर्डमा क्षती पुर्याउन बन्द गर्न भन्दै साइनेज एसोसियसनले दियो महानगरलाई चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साइनेज एसोसियसन नेपालले काठमाडौं महानगरपालिकाले आँफैं बनाएको मापदण्डभित्र रहेका र दर्ता भएका डिजिटल ग्लो–साईन विज्ञापन बोर्ड लगाएतमा क्षती पुराउने काम बन्द गर्न माग गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै एसोसियसनले महानगरपालिका द्वारा मापदण्ड भित्र रही कर लिएर पनि विज्ञापनहरु तोडफोड गरि लाखांै करोडौं नोक्साी पुर्याइएकोले तुरुन्त क्षतिपुर्ति दिलाईनुपर्ने माग गरेको छ । त्यस्तै विज्ञापनको काम तथा ब्यवसायगर्न पाउने स्पष्ट र बैज्ञानिक नीति, नियम, मापदन्ड र निर्देशिका बनाउन पहल गरिनुपर्ने, पेशासंग म्बन्धित नीतिहरु बनाउनु अगाडि बिज्ञताको हिसाबले बिज्ञ एवं ब्यवसायीहरुको पनि राय, सुझाब र सल्लाह लिनेदिने गरिनुपर्ने उसको माग छ ।

महानगरपालिकाद्वारा कर लिई सकेपछि ब्यवसायीक सुरक्षा कायमगर्दै संबिधानले दिएको सम्मानपुर्बक ब्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग समेत साइनेज एसोसियसन नेपालले अघि सारेको छ । कार्यक्रममा साइनेज एसोसियसन नेपालका संयोजक कृष्ण गिरीले सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गर्दै सिमित व्यक्ति पोस्नको लागि महानगरपालिका केही कर्मचारीहरु लागिपरेको आरोप लगाए ।

कार्यक्रममा सर्वोच्च अदालतमा विज्ञापन हटाउन रिट दायर गर्ने व्यक्ति तथा बरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले अदालतको आदेश एक र काम गराई अलग बनाउनको लागि काठमाडौं महानगरपालिकाले चलखेल गरेको टिप्पणी गरेकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *