ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जरमा जाने सम्झाैता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको छ । दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन् । यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैकका अध्यक्ष ढकालले मर्जर पछि ग्लोबल आईएमई बैक सबै भन्दा ठुलो बैक भएकाले निकट भविश्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताउनुभयो ।

मर्जर पछिको बैकको संञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ । मर्जर पछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *