ग्राहकको भेषमा मन्त्रीले छड्के गर्दैमा बजारको भाउ घट्ला र ? व्यापारीले मन्त्रीलाई पनि ठगे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तोकिएभन्दा महँगो मुल्यमा प्याज बेचेको सूचना पाएपछि लगनखेलस्थित कृषि तथा तरकारी बजारमा बुधबार बिहानै पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई तरकारी व्यवसायीले आफूहरुले बल्खु र कालिमाटी बजारबाट ल्याउँदा नै महँगो परेको जवाफ दिएपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे ।

मुखमा मास्क भएको तथा नजिकै सुरक्षाकर्मी पनि नभएका कारण उनलाई व्यापारिले चिन्न सकेनन् । मन्त्रीले प्याज किन्‍न लाग्दा ४८ रुपैयाँमा मिलिरहेको प्याज व्यापारिले मन्त्रीलाई १ सय २० रुपैयाँसम्ममा बेचे । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी बल्लसक्रिय भयो । अनुमगनका क्रममा बल्खुस्थित तरकारी बजारका चार जना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेको छ ।

यो त मन्त्रीलाई ठग्दा प्रहरीले पक्राउ गर्यो तर के आम सर्वसाधारणले ठगीदा पनी प्रहरीले यसरीनै संक्रियता देखाउला र ? ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँमा बेचेको पाइएपछि प्रहरीले व्यापारीहरुलाई पक्राउ गरेको हो ।भारतबाट प्याज आयात बन्द भएपछि बजारमा प्याजको मुल्य ह्वात्तै बढाइएको छ । दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेर आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याज निकासी रोकेको हो ।

मन्त्री खगराजले यसरीनै पोखराको एक पसलमा पनी अनुगमन गरेकाथिए तर बजार भाउमा कुनै परिर्वतन आएन । व्यापारीहरुले आम सर्वसाधारणलाई आजकादिनमा पनी ठगीनै रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *