ग्रामीण उद्यम विकास गर्न विश्व बैंकले नेपाललाई ८ करोड डलर सहयोग दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्व बैंकले कोरोना महामारीको पुनरुत्थान तथा नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका लागि ८ करोड डलर सहयोग गर्ने भएको छ। उक्त सहयोग कोभिडले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न पनि सहयोगी हुनेछ।

उक्त परियोजना प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लक्षित हुनेछ। हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ वटा परियोजना सञ्चालित छन्। जसमा ३ अर्ब डलरको सहयोग प्राप्त भएको छ।विश्व बैंकले दिएको ८ करोड डलर अर्थात् करिब ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको रकम ६ वटा प्रदेशमा खर्च हुनेछ।

विश्व बैंकले सञ्चालन गरेको परियोजना नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि भएको विश्व बैंकले जनाएको छ। यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकको भनाइ छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *