गौरीगंगा नगरपालिका ३ का वडा सदस्यको कोठामा युवतीको शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कैलालीको गौरी गंगा नगरपालीकामा एक युवती मृत अवस्थामा फेला परेकी छन । गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

बिगत १० बर्ष दखि प्रेम समन्धमा रहेका चौधरीले अर्की केटि सँग बिहे गरेको र पछि सञ्जीता लाई शनिबार बेलुका आफनो घर बोलायको मृतककी भाउजु मेघा चौधरीले बताईन । उनले निरजले आफनो घरमा बोलायर उनको हत्या गरेको बताउदै कडा भन्दा कडा कारबाहीको लागी समन्धीत निकाय सँग आग्रह गरेकी छन । केहि बर्ष पहिले पनि निरजले सञ्जीता लाई कुटपिट गरेको बताउदै यो बेला घरमै बोलायर हत्या गरेको उनको भनाई छ ।

ईलाका प्रहरी कार्यलय मालाखेतीमा प्रमुख प्रेम बहादुर शाहिले मृतक सञ्जीता चौधरी बन्द कोठामा मृत अवस्थामा फेला परेको बताए । उनले मृतकका दाईका् रोहवरमा कोठाको ढोका तोडेको बताउदै घटना बारे अनुसन्धान भईरहेको बताउनु भयो । प्रहरीले अनुसन्धनका लागी निरज चौधरी का बुवा लगायत ३ जना लाई पक्राउ गरेको छ भने निरजको खोजी कार्यजारी रहेको बताउनु भयो ।

हालै अर्की युवतीसँग विवाह गरेका वडासदस्य र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्क विहीन भएको स्थानीयले बताएका छन ।

(Visited 58 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *