गौरवका योजनामा निर्माण तीव्र,साढे ९ हजार खाल्डाखुल्डी पुरियो :मन्त्री बसन्त नेम्बाङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले मुलुकमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका काम दु्रत गतिमा अगाडि बढेको दाबी गरेका छन् । आफुले जिम्मेबारी सम्हालेको एक सय दिन पुगेको अबसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तर दक्षिण राजमार्गका साथै विभिन्न करिडोरको काम तिब्र गतिमा अघि बढेको बताएका हुन । मन्त्री नेम्बाङले उपत्यकाका सडकको धुलो हटाउने र खाल्डाखुल्डी रहित बनाउने योजनामा मन्त्रालयले उल्लेखनीय सफलता हासिल गरेको पनि दावी गरे ।

उपत्यकामा २४ हजार ३ सय वर्ग मिटरमा रहेका खाल्डा पुरिएको र २७ किलोमिटर सडक मर्मत भएको मन्त्री नेम्बाङको भनाइ थियो । उपत्यकामा यो आर्थिक बर्षमा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयको छ । उपत्यकाका सडक बत्ति, आकोश पुल र सडक विस्तारको काम पनि धमाधम भैरहेको मन्त्रालयले जनाएको छ । तीन माहिनामा अवधिमा स्थानीय सडक र राजमार्गमा गरी ४० वटा पुल निमार्ण भएको तथ्यांक समेत मन्त्रालयले सार्वजनिक गरेको छ । त्यस्तै पछिल्लो सय दिनमा २ सय किमि कालोपत्रे, १ सय ३० किमी ग्राभेल सडक र ६९ किमी नयाँ ट्रयाक निर्माण भएको छ ।।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *