गोली हानेर अपहरणकारी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा : अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले दश दिनेदेखि अपहरणमा बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा गएराती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *