गोली चलाएर प्रहरीले समात्यो भारतीय गाँजा तस्कर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौंडा – हेटौँडा उपमहानगरपालिका– १५ बाट ३२ किलो गाँजासहित पक्राउ परेका भारतको मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने उज्वलकुमार ठाकुर, रौतहट यमुनामाई गाउँपालिका –४ बस्ने विकास सिंह र गएराति मकवानपुरको मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ७२६८ नम्बरको ट्रकमा २१ केजी गाँजासहित पक्राउ परेका ट्रकका चालक राक्सीराङ गाउँपालिका–५ बस्ने राजकुमार मोक्तानलाई पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ । गाजा तस्करीहुदै गरेको अग्रीम जानकारी पाएको प्रहरीले हवाई फायर गर्दै तस्करहरुलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मकवानपुरको राक्सीराङ क्षेत्र गाजा खेतीकालागी प्रख्यात मानीदै आएको छ भने तस्करीमा भारतीय उच्च ओहदाका व्यक्तिहरु समेत सामेल हुदैआएको पाईएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *