गोरु काटेको विषयमा विवाद पछि झापामा गाेली चल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि गोली चलेको बुझिएको छ ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताए ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरीटोलीले चलाएको गोली लागेर स्थानीय एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय आलम रहेको बुझिएको छ। उनको पेटमा गोली लागेको छ । उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *