गोरुसिंगे सन्धिखर्क सडक सहित अधिकांस सडक अबरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन दिनदेखि परेको अविरल वर्षाका कारण सितगंगा नगरपालिकामा २ वटा घर भत्किएका छन् । सितगंगा नगरपालिका वडा नम्वर ४ चाक्लामा दिपक सुनारको घर भत्कदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताउनु भयो । सितगंगा नगरपालिकाकै वडा नम्वर ११ मा एक घर भत्किएको छ ।

भुमिकास्थान नगरपालिकाको वडा नम्वर ९ मा एक गोठ भत्कदा एक भैसी र सन्धिखर्क ७ को किटेनीमा गोठ भत्कदा एक वटा भैसी गरी २ वटा भैसी मरेका छन् ।

अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक सहित अर्घाखाँचीका अधिकांस सडक अबरुद्ध बनेका छन् । गोरुसिंगे सन्धिखर्क सडकखण्डको विभिन्न ठाउँमा ससाना पहिरो गईरहेका भएपनी दह खोलामा गएराति ठूलो पहिरो झरेर सडक अबरुद्ध भएको छ ।

सडक अवरूद्ध भएपछि आवागमन ठप्प भएको छ । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् भने बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् ।

आज बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । स्काभेटर र डोजरले काम गरिरहेपनी सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम समेत नरोकिएकाले काम गर्न अफ्ठ्यारो भएको उहाँले बताउनु भयो ।

सालझण्डी सन्धिखर्क सडक पनि अबरुद्ध भएको छ । पाणिनि गाउँपालिका वडा नम्वर ४ का विभिन्न स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध बनेको छ । अधिकांस ग्रामीण सडकहरु पनि अबरुद्ध भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *