गोरुले हानेर एक महिलाको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका –११ गोरुले हानेर एक महिलाको मृत्यु भएको छ। गोरुले हानेर गम्भीर घाइते भएकी खाँदबारी –११ हरेलो बस्ने बर्ष ७३ की फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए। गोरुलाई घाँस हाल्न गोठ पुगेकी शेर्पालाई गोरुले हानेर गम्भीर घाइते भएकी थिइन्। घाइते शेर्पाको उपचारको क्रममा शनिबार जिल्ला अस्पताल खाँदबारी ज्यान गएको प्रहरीले जनाएको छ। शेर्पाको लासको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ। गोरुले हानेर मृत्यु भएको जिल्लामा पहिलो घटना हो।
(Visited 1 times, 1 visits today)