गोरुले हानेको वहाना बनाएर बुहारीद्वारा सासुको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्लाको इस्मा गाउँपालिका ३ दर्लामचौर स्थीत तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ बर्षीया सासु कौशिला विकको हत्या गरेका हुन् । किकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी वर्ष २३ की देवी विक र जेठाजुकी बुहारी वर्ष २८ की बर्षको लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताउनु भएको छ । दुई बुहारी देवि र लक्ष्मीले यही पुस १७ बेलुका सासु कौशिलालाई कुटपीट गरि सख्त घाईते बनाएपछि घरको गोठमा लगेर गरुले हानेको बहाना बनाएर छिमेकीमा हारगुहार गरेका थिए । कुटपीटपछि गंभिर घाईते बनेकी विकको गुल्मी अस्पतालमा उपचार संभव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पाईएको थियो । विकको उपचारकै क्रममा यही गत तीनदिन अघि मृत्यु भएको प्रहरी नायव उपरिक्षक घलेले जानकारी दिनु भएको छ । मृकतका श्रीमान शेर बहादुर विकले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कर्तव्य ज्यान सम्बन्धि जाहेरी दिएपछि घटनाको वारेमा थप अनुसन्धान गर्दै जाँदा उक्त हत्याको रहस्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कसरी रचियो हत्याको योजना ?

स्थानीयका अनुसार दुई बुहारी र सासुबीच पहिलेदेखि नै तितो सम्बन्ध रहेको कारण धेरै पटक गाउँमा उजुरबाजुर समेत भएको थियो । घटना क्रमले नयाँ मोड लिदैं जाँदा यही पुस १७ गते मृतक ७६ बर्षकी कौशिलाका श्रीमान घर नजिकै मासु काट्न गएको समयमा दुई बुहारीले सासुलाई कुटपिटगरि गहना लुट्ने सल्लाहका साथ योजना बनाए । उक्त नयाँ योजना अनुसार लक्ष्मीले गोठमा भएका गोरु फुकाएर लुक्ने र कुट्ने अनि देवीले सासुलाई बाहिर बोलाउने । त्यसै योजना अनुसार लक्ष्मीले गोरु फुकाएपछि हातमा दाउरो समातेर लुकिन । लक्ष्मीले गोरु फुकाएपछि देवीले सासुलाई बाहिर बोलाईन । बुहारीले बोलाएपछि सासु घर बाहिर निस्कीन र गोरु फुकेको देखेर बाध्न भनि गोठमा गईन । त्यही समयमा लक्ष्मीले दाउराले सासुको कन्चटमा हानेर अचेत बनाईन । उनीहरुको योजना अनुसार नाक र कानको गहना निकालेर मल खातमा गाडे । दाउराले टाउकोमा हानेकाले कौशिला रगताम्य भएर अचेत बनि भुँईमा पल्टीन पुगिन । बुहारीहरुले घटना छिपाउनका लागि छिमेकमा सासुलाई गोरुले हानेको भनेर नाटक समेत मञ्चन गरे । उक्त घटनाको वारेमा नजिकवाट न्याली रहेका घरका वालवच्चालाई समेत समेत घटनाको वारेमा केही नभन्न निर्देशन दिए । केहि दिन समय घटना ति बुहारीहरुले मञ्चन गरे जस्तै बन्यो । कसैले घटनाको वास्तविक सत्य तथ्यको वारेमा अत्तोपत्तो पाएनन् । गाउँलेहरु मिलेर विकलाई उपचारको लागि पाल्पा पठाए ।

अस्पताल पुराएपछि घाईतेको टाउकाको अप्रेशन गर्नुपर्ने भयो तर बिपन्न परिवारसंग आर्थिक अभावका कारण अप्रेसन गर्ने पैसा नभएका कारण घाईतेलाई फर्काएर परिवारले सदरमुकाम तम्घास ल्याई पुराए । तम्घास ल्याई सकेपछि सबैसँग थोरै थोर्रै पैसाको जोहो गरेर घाईतेलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पुराईएको थियो । त्यही नै उपचारको क्रममा पुस २० गते कौशिलाको ज्यान गएको थियो । हत्यामा संगलग्न दुई बुहारीहरुलाई जिल्ल प्रहरी कार्यालय गुल्मीले पक्राउ गरिसकेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *