गोरखास्थीत पोखरीमा डुबेर १३ बाँदर मरे

गोरखा गोरखा नगरपालिका ९ लक्ष्मीबजारको खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् ।
दमकलका लागि पानी भर्न निर्माण गर्दै गरेको पोखरीमा डुबेर बाँदर मरेका स्थानीयले बताएका छन् । निर्माण हुँदै गरेको पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको स्थानीय गणेश थापाले बताए।
पानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि अरु बाह्रवटा बाँदर पसे तर निस्कन नसकेर मरेका हुन् । कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरीमा पसेको अनुमान गरेका स्थानीयले गरेकाछन । पोखरीको भित्री भागमा प्लाष्टर गरिएको र चिप्लो भएका कारण डुबेका बाँदर बाहिर निस्किन न सकेको स्थानीयले बताएका छन् ।
स्थानीय बासिन्दाले डुबेर मरेका बाँदरलाई पोखरीबाट बाहिर निकालेको र खाल्डो खनेर गाडिएको स्थानीय कृष्ण पुडासैनीले बताए ।
(Visited 1 times, 1 visits today)