गोरखामा बन्दका कारण जनजिवन प्रभावित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गोरखा – नेत्र बिक्रम चन्द (बिप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण गोरखाको जनजिवन पनि प्रभावित भएको छ ।

बन्दका कारण सदरमुकाम तथा वरपरका क्षेत्रमा रहेको ब्यापारीक प्रतिष्ठानका साथै सार्वजनिक सवारी साधनहरु ठप्प प्राय भएका छन् ।

त्यस्तै पसलहरु बन्द भएका छन् भने गोरखा सदरमुकाम भएर बाहिरी जिल्लाका लागि छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

संभावित घटनालाई मध्ये नजर गर्दै सदरमुकाम वरपर बाक्लो रुपमा सुरक्षाकर्मीहरुको उपस्थिती रहेको छ । बिप्लव नेतृत्वको नेकपाले सरकारले आफ्ना नेता कार्यकर्ता माथि धरपकड बढाएको, राजनीतिक आस्थाकै आधारमा नेता कार्यकर्तालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको बिरोधमा आज नेपाल बन्दको आवहन गरेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *