गोरखाबाट आज राजधानीको हनुमान ढोकाका लागि फुलपाती पठाइयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखाबाट शुक्रबार राजधानीको हनुमान ढोकाका लागि फुलपाती पठाईएको छ । गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका बिहानीको साईतमा फूलपाती पठाइएको गोरखा दरर्बार हेरचाह अड्डाले जानकारी दिएको हो ।

‘कोरोना संक्रमणका कारण बिगत बर्षहरुमा जस्तै बाजागाजा सहित तामझामका साथ डोली नपठाइ पनि संस्कार अनुसारका फुलपाती हनुमान ढोकाका लागि पठाइएको’ हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । ‘यस पटक हामीले सामान्य रुपमा सवारी साधानमा हालेर फुलपाती हनुमान ढोकाका लागि पठार्ईकोहो । सांस्कृतीक विधिपूर्वक पूजाअर्चना गरि दरबारका सुसारेले आज बिहान ९ बजेर १० बजेको शुभसाइतमा फूलपाती सहितको डोली काठमाण्डौंका पठाएको हो ।

फुलपाती बा.२ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर पठाइको छ । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार भित्राएपछि मात्र आज देशै भरी फूलपाती भित्राउने प्रचलन रहदै आएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी वडादशैको ७ औं दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबार पुरयाउने प्रचलन रहदै आएको छ । बिधि पूर्वक दरबारस्थित दशैं घरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको हेरचाह अड्डाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *