गोरखाको लिगलिगमा राजा छानिदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखाको लिगलिगमा दसैंको अवसरमा छानिने एक दिने राजालाई बर्षभरी सदभावना दूत बनाइने भएको छ । दौड आयोजक समितिले आज गोरखामा पत्रकार सम्मेलन गरेर आगामी बिहीबार हुने दौड विजेतालाई राजा घोषणा गरी बर्ष दिन भरी लिगलिगको प्रचारका लागि सदभावना दूत घोषणा गरिने जानकारी दिएको हो । खुला दौडमा प्रथम हुनेलाई साठी हजार एक सय नगद सहित श्रीपेच पहिराएर राजा घोषित गनिने छ । १३ किलोमिटर आठ सय मिटर दुरीको दौड पुरा गर्नेलाई एकरात लिगलिगमै राखेर बजार परिक्रमा समेत गराइने छ ।

नेपालको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइ राख्न बर्षैपिच्छे प्रतियोगिता हुदै आएको छ । पालुङ्टार नगरपालिका, नेपाली सेनाको रणसिंह दल गण र लिगलिगकोट विकास अभियानले संयुक्त रुपमा दौड आयोजना गर्न लागेका हुन । सोही दिन चेपे देखी लिगलिग सम्मको खुल्ला दौड र बडडाडाँ देखी लिगगिल सम्म महिला खुल्ला दौड समेत हुनेछ । दौडका पर्यटन, बोर्ड, पालुङटार नगरपालिका, राष्ट्रिय खेलकुद विकास समितिले पनि सहयोग उपलब्ध गराएका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *