गोकुल बास्कोटालाई कारवाहिको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको छानविन हुनुपर्ने भन्दै साझा पार्टीले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।

साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गर्दै उक्त प्रकरणको निष्पक्ष छानविनको माग गरेका थिए । प्रदर्शशनमा सहभागी भएकाहरुले घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने मन्त्रीलाई कारबाही गर, जनतालाई हेप्नी ? लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *