गोकुल बाँस्कोटाको ‘शिवरात्री शुभकामना’मा गाली र व्यंग्यको वर्षा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बुधबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार बिहानै शिवरात्री पर्वको शुभकामना दिए । शिवरात्री पर्वका अवसरमा बिहान पौने ७ बजे नै बाँस्कोटाले ट्वीटरमामार्फत शुभकामना व्यक्त गरे–‘प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।त्यसपछि प्रतिक्रिया आउन सुरुर्भको थियो ।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि बाँस्कोटाले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्ता अवसर तथा पर्वहरुमा यसअघि पनि उनले ट्वीटरमार्फत शुभकामना तथा सन्देश दिने गरेका थिए।

उनले शिवरात्रीको शुभकामना दिने बित्तिकै उनीमाथि गाली र व्यंग्य बर्सिएकोको छ। शुक्रबार मध्यान्हसम्म बाँस्कोटाको ट्वीटर करिब ५०० जनाले प्रतिक्रिया जनाएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *