गोंगबुका होटलबाट २९ यौन जोडी र १४ जुवाडे प्रहरी द्वारा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरीले काठमाडौँकोगोङ्गबु बाट ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुका छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरबाट ८७ हजारसहित नौ र टोखा नगरपालिका–९ मा कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन्। यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जनालाई पनी पक्राउ गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।चाडपर्व नजिकीदै गर्दा यस्तो घटनामा वृद्धिहुने गरेको देखिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *