गैरकानुनी रुपमा बसेका १ हजार ९४ नेपालीलाई एक्जिट भिसा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साउदी अरेबियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई एक्जिट भिसा एको छ । रियादस्थित नेपाली दूतावासले दूतावासको अनुरोधमा साउदी अरेबियाले हालको एक्जिट भिसा दिने प्रकृया सुरु भएपछि हालसम्म १ हजार ९४ जनालाई एक्जिट भिसा दिएको जनाएको छ ।

साउदी अरेबियाका विभिन्‍न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र अकामा नबनाएका वा नविकरण नगरिएका कारण स्वदेश फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दूतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले एक्जिट भिसा दिएको हो ।

साथै, विभिन्‍न व्यक्तिहरुले झुठा विवरण दिइ दूतावास समक्ष बहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा एक्जिट भिषा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने समेत दूतावासले जनाएको छ ।

दूतावासले यस अगाडि नै १ हजार ५८ जनाको सूचि प्रकाशित गरिसकेको भन्दै थप ३६ जनाको एक्जिट भिसा प्राप्त भएको जनाएको हो । एक्जिट भिसा जारी भएकाहरुले नेपाल जाने तयारी गर्न दूतावासले अनुरोध छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *