गुल्मीमा १७ सवारी साधन प्रहरी नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्ला प्रहरी कार्यालय गुल्मीले मापदण्ड विपरित यात्रु राखेको भन्दै १७ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । कोविड १९ को प्रकोपलाई ध्यानमा राख्दै तोकीएको सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने र यात्रुहरुवाट बढी भाडा रकम असुल्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

सवारी साधनहरुले मनपरी भाडा लिदैं आएको र तोकीएको मापदण्ड भन्दा विपरित यात्रुहरु ओसार पसार गर्दै आएको भन्ने व्यापक गुनासो आएपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले सदरमुकाम तम्घासदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत यात्रु राखेको तथा मनपरी भाडा लिएको प्रत्यक्ष रुपमा प्रमाण भेटीएपछि त्यस्ता प्रकारका सवारी साधनहरुलाई नियन्त्रणमा लिईएको ट्राफिक कार्यालयका प्रमुख जगन्नाथ पाण्डेले बताउनु भयो ।

नियन्त्रणमा लिईएका सवारीसाधनहरु मध्य तिन वटा वस र १४ वटा जिप गरि १७ वटा सवारी सवारी साधनहरु रहेका छन् । नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई ट्राफिक नियम अनुसार कार्वाही गरिने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा मात्र यात्रु राख्न र प्रत्येक यात्रुहरुलाई माक्सको अनिवार्य रुपमा प्रयोग गर्न सुचित गर्दै आईरहेको छ ।

सदरमुकाम तम्घासदेखि जिल्लाका ग्रामीण क्षेत्रहरु सिमलटारी, मर्भुङ्ग मैदान, घमिर, छापहिले, नेटा, दर्लिङ्ग, इस्मा ,धुर्कोट, ह्वाङदी, मुसिकोट, धुर्कोट लगायतका स्थानमा गुड्ने सवारी साधनले मनपरी भाडा उठाउने र बढी यात्रु बोक्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीहरुलाई दुई दिनसम्म राखेर मात्र छोडिदिने भएको छ । गत साता पनि गरिएको सवारी अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कार्वाही समेत गरिसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *